Logo

मुक्तिनाथ बैंकको २ लाख कित्ता ऋणपत्रमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन



काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंकले ७ साउन गतेदेखि बिक्रिमा ल्याएको ऋणपत्रमा बोलपत्र पेश गर्ने आज अन्तिम (साउन १२ गते) दिन हो । बैंकले ७ वर्षे अवधिको १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्रि खुल्ला गरेको हो ।

बैंकको अनुसार ‘८.७५ प्रतिशत डिबेञ्चर २०८४/८५’ नामको प्रतिकित्ता १ हजार ऋणपत्र मध्ये ५ लाख कित्ता सर्वसाधारणलाई र बाँकी भएको ७ लाख ५० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गर्नेछ ।

सर्वसाधारणको कुल कित्ता मध्ये पनि २५ हजार कित्ता सामुहिक लगानीकोषहरुलाई छुट्टाइएको छ । न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot