Logo

अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा फर्काइँदै



काठमाडौं, १२ साउन । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विगतमा केपी शर्मा ओलीले खडा गरेको सेटिङ धमाधम भत्काउन थालिएको छ । यस क्रममा प्रदेश प्रमुखहरु फेर्ने तयारी भइसकेको छ ।

गण्डकी प्रदेश र प्रदेश नम्बर २ मा ओलीको ठाडो निर्देशनमा तत्कालीन मन्त्रिपरिषदले अमिक शेरचन र तिलक परियारलाई हटाएको थियो । वयोवृद्ध माओवादी नेताहरु पीडा पोख्दै फर्किएका थिए । परियारले त आँसु नै बगाए ।

देउवा सरकारले अब शेरचन र परियारलाई पुरानै ठाउँमा फर्काउने भएको छ । गण्डकीमा अमिक शेरचन र प्रदेश नम्बर २ मा तिलक परियारलाई लाने सहमति भएको छ । यसबारे निर्णय आउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot