Logo

केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी, सहमति हुने रावलको भनाई



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज÷भोलि नै भेटवार्ता हुने भएको छ। भेटवार्ताको तयारी भैरहेको उपाध्यक्ष डा भीम बहादुर रावलले जानकारी दिए । उनकाअनुसार दुई नेताबीच भेटवार्ताको तयारी भैरहेको छ ।

पछिल्लो समय पार्टीमा एकता कायम हुनेगरि विश्वासको वातावरण बनेको पनि रावलको भनाई छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा रावलले भने,‘सहमति हुन्छ । पार्टी एकताको विकल्प छैन् । कार्यदलले अघि सारेको प्रतिवेदनअनुसार छलफल भैरहेको छ । आज/भोलिभित्रै अध्यक्ष र वरिष्ठ नेताबीच भेटवार्ता हुन्छ ।’

हिजोमात्रै, नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले पनि एकताको लागि अधिकतम प्रयास गर्ने निश्कर्ष निकालेको छ । यसको लागि दुवै पक्षबाट गाली/गलौच र सार्वजनिक रुपमा आलोचनामा नउत्रिने सहमति भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot