Logo

गत आवमा लगानी प्रस्ताव २.६३% ले बढ्यो



काठमाडौं, साउन १३। कोरोना भाइरसको संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २ दशमलव ६३ प्रतिशतको झीनो वृद्धि देखिए पनि वैदेशिक लगानीमा भने १५ दशमलव २९ प्रतिशतको संकुचन देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा प्रस्तावित वैदेशिक लगानीमा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ । उक्त वर्ष यस्तो प्रस्तावित लगानी ३२ अर्ब २ करोडमा सीमित भएको थियो । यसको आव २०७६/७७ मा यस्तो लगानी ३७ अर्ब ८० करोड थियो । प्रस्तावित वैदेशिक लगानीका साथसाथै उद्योग दर्ता संख्यामा पनि कमी देखिएको छ । गत आर्थिक वर्षको अघिल्लो वर्ष ३४४ उद्योग दर्ता भएकोमा गत आर्थिक वर्षमा जम्मा १८३ उद्योग दर्ता भएका हुन् ।

स्वदेशी तथा विदेशी गरी कुल १ खर्ब ५६ अर्ब ६४ करोडका २०३ ओटा उद्योग दर्ता भएका छन् । यीमध्ये वैदेशिक लगानीका उद्योगहरू १८३ ओटा छन् । यसको अघिल्लो आर्थिक वर्षमा कुुल २७७ उद्योग दर्ता हुँदा १ खर्ब ५२ अर्ब ६२ करोड लगानीको प्रस्ताव उद्योग विभागमा आएको थियो । यसमा वैदेशिक लगानीका २२३ उद्योग थिए । प्रस्तावित लगानी ३७ अर्ब ८० करोड थियो ।

उद्योग विभागको तथ्यांकअनुसार कोरोनाका २ आर्थिक वर्षमा भन्दा त्यसको अघिल्ला २ आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा कुल लगानी अंश बढी देखिएको छ । २०७४/७५ मा स्वदेशी तथा विदेशी लगानीको प्रस्ताव ३ खर्ब ४९ अर्ब देखिएको छ भने वैदेशिक लगानी प्रस्ताव पनि उल्लेख्य देखिन्छ ।

यो वर्ष प्रस्तावित वैदेशिक लगानी ५५ अर्ब ६१ करोड थियो । यसैगरी २०७५र७६ कुल ४३९ उद्योग दर्ता हुँदा प्रस्तावित स्वदेशी तथा विदेशी लगानी रू। २ खर्ब ८३ करोड थियो । वैदेशिक लगानी यस आर्थिक वर्षमा भन्दा कोरोनाका २ आर्थिक वर्षमा बढी आएको आजको आर्थिक अभियान दैनिकमा हिमा विकले खवर लेखेकी छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot