Logo

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह



काठमाडौं, साउन १३। अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो अवसरमा शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन समेत गरे ।

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सकारात्मक रहेको उनले बताए ।.



प्रतिक्रिया दिनुहोस्

Screenshot