Logo

अपि पावरको हकप्रद शेयर पुनः आजदेखि लिलामीमा



काठमाडौं, १३ साउन । अपि पावर कम्पनीले अवितरित हकप्रद शेयर फेरी आजदेखि लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीको शेयर खरिद साउन २० गतेसम्म गर्न सकिनेछ । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले शेयरमुल्य न्यूनतम १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot