Logo

शेरबहादुर देउवा दोस्रो पटक पार्टी सभापति हुन पाउनुहुन्न भन्ने त छैन नि ? : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता रेमश लेखकले क्रियाशिल सदस्यताको विववाद सहमतिमै टुँगो लगाएको स्पष्ट पारेका छन् । तर, समितिका सदस्य कल्याण गुरुङले भने फरक मत राखेको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भदौ १६ मा नै पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिने विश्वास दिलाए ।

उनले अहिले कांग्रेसको नेतृत्वमा सरकार गठन भएको भन्दै यो कोरोना कालमा जनतालाई यसबाट जोगाउनु नै पहिलो प्राथमिकता हुनुपर्ने बताए । उनले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो जिम्मेवारी भनेको जनतालाई खोप उपलब्ध गराउनु भएको जिकिर गरे । उनले आगामी १४औं महाधिवेशनमा सभापतिमा देउवा उठ्ने बताए । उनले देउवा पार्टी सभापतिमा दोहोरिनको लागि योग्य रहेको सुनाए ।

उनले भने,‘हाम्रो विधानले पार्टीको सभापति एकचोटी मात्रै हुन पाईन्छ भनेर भनेको छैन् । विधानले त दुई पटक हुन पाईन्छ भनेको छ ।’ उनले नेता पदले मात्रै पनि नहुने र लामो समय पदमा बसेर पनि नेता नहुने उल्लेख गर्दै नेता हुनको लागि अरु तमाम कुरा आवश्यक हुने सुनाए । उनले भने,‘अहिले शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । उहाँ दोस्रो पटक सभापति हुन पाउनुहुन्न भन्ने त छैन नि ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot