Logo

लुम्बिनी प्रदेशकी मन्त्री कल्पना पाण्डे नर्भिक भर्ना



काठमाडौं, १३ साउन । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल सिकिस्त विरामी भएर थापाथलीस्थित् नर्भिक अस्पताल भर्ना भएकी छिन् । उनी हिजै अस्पताल भर्ना भएको उनका पति नवराज लम्सालले जानकारी दिएका छन् ।

लम्सालका अनुसार मन्त्री पाण्डेलाई हिजोदेखि एक्कासी दुवै खुट्टाको घुँडाभन्दा तल नचलने भएको थियो । अहिले उनको नर्भिकमा न्यूरो सर्जन डा. पंकज जलान र बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टको टिमले उपचार गरिरहेको छ ।

पाण्डेका पति लम्सालले फेशबुकमा लेखेका छन्-“भगवान कृपा गर । कल्पनालाई एक्कासी हिजाे देखि दुवै खुट्टाको घुडाभन्दा तल नचल्ने भएकाेले नर्भिक हस्पिटल थापाथलीमा रूम नं २००० काे सुईटरूममा न्युराेकाे डाक्टर पंकज जलान काे टिम र डाक्टर यादव भट्ट काे टिमकाे रेखदेखमा उपचार भैरहेकाे छ । पशुपतिनाथ संग प्रार्थना छ जतिसक्दो छिटाे निकाे हाेस् ।”



प्रतिक्रिया दिनुहोस्