Logo

उपप्रधानमन्त्रीसहित परराष्ट्रमा सुजाता कि महरा ?



काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको गृहकार्य गरिरहेका छन् । उनले गठबन्धनका दलहरुसँग छलफल अगाडि बढाएका छन् ।

देउवा सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको दौडमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट दाबी देखिएको छ । देउवाले उपप्रधानमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट बनाएर व्यवस्थापन गर्ने तयारी गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित परराष्ट्रमा सुजाता कोइराला या कृष्णबहादुर महरामध्ये एकको सम्भावना बलियो छ । कोइरालालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन महामन्त्री डा. सशांक कोइरालाले समेत पहल गरिरहेका छन् । महरालाई उपप्रधानमन्त्री बनाउने बाटो खोल्ने गरी कदमहरु चालिएका छन् ।

जनता समाजवादी पार्टीबाट उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा अध्यक्ष उपेन्द्र यादव नै जाने सम्भावना छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा बामदेव गौतमको दाबी छ । गौतमले गृह या भौतिक पूर्वाधार मन्त्रालयमध्ये एउटा मागेको बुझिएको छ ।

गौतम सरकारमा नगए घनश्याम भुसाल या गोकर्ण बिष्टमध्ये एकलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिने गरी सरकारमा लाने तयारी भइरहेको छ । दुवैलाई अध्यक्ष केपी शर्मा ओलीको गुटमा जान नदिन नेपालले पहल गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot