Logo

भरूवा बन्दुक सहित एक पक्राउ



बाजुरा, १३ साउन । भरूवा बन्दुक सहित ४२ वर्षीय पुरुषलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जगन्नाथ गाउँपालिका ६ ईन्देउस्थित लेकबाट १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित सोही गाउँपालिका ६ बस्ने ४२ वर्षीय ऐन बहादुर रावल पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीले रावलको साथबाट जंगली जनावर बदेलको जस्तो देखिने २ केजी रातो मासु फेला पारेपछि थप अनुसन्धान गर्ने क्रममा ईन्देउस्थित लेकमा रहेको उक्त बन्दुक र बारूद बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot