Logo

भीम रावलले एमसीसीबारे गठबन्धनलाई सचेत गराए



काठमाडौं, १३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौता अनुमोदन नगर्न सरकारलाई सचेत गराएका छन् । उनले गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको उल्लेख गर्दै एमसीसी सम्झौता अनुमोदनबारे गठबन्धनमा कुनै कुरा नभएको बताएका छन् ।

आज ट्वीट गर्दै रावलले एमसीसीबारे भने,‘यस्तो काम सरकार र पार्टीले गनरुन् । यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’

नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरितका प्रावधान हटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने टिप्पणी समेत रावलले गरेका छन् ।

आजै गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अनुमोदन गर्न खोजे गठबन्धन नै छाड्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्