Logo

जसपा कार्यकारिण समितिको बैठक सम्पन्न, सरकारमा सहभागी हुने निर्णय



काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुनेबारे छलफल थालेको छ । हिजोदेखि जारी बैठक भोलि पनि बस्नेगरि आजको बैठक सम्पन्न भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता डम्बर खतिवडाले पार्टी सरकारमा सहभागी हुनेबारे सकारात्मक रुपमा छलफल भएको र केही दिनमै निर्णय गर्ने जानकारी दिए ।

उनले भने,”वर्तमान सरकार समर्थन छ । पाँच दलीय गठबन्धनको यो सरकारमा हामी सहभागी हुन्छौं । आजको मुख्य विषय चाहीँ, सरकारमा कसरी सामेल हुने, र कहिले हुने भनेर सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सहभागी हुनेबारे सकारात्मक धारणा आएको छ । त्यस्तै, पार्टीको नियामावली पनि बनाएका छौं ।” Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot