Logo

प्रदेश प्रमुखहरु शेरचन र गुरुङ्गको सपथ



काठमाडौं, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरु अमिक शेरचन र पृथ्वीमान गुरुङ्गलाई सपथ गराएकी छिन् । आज राष्ट्रपति भवन शितलनिवासमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित थिए ।

मङ्गलबार मन्त्रिपरिषद्ले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर शेरचन र गुरुङ्गलाई नियुक्तिको सिफारिश गरेकोमा राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot