Logo

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित



काठमाडौं, साउन १४। कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ ।

यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरेको हो । कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot