Logo

सांसदबाट हटाइएका ४ पूर्वमाओवादीको मुद्दा हेर्न नभ्याइएकोमा



काठमाडौं, १४ साउन । सर्वोच्च अदालतमा आज सुनुवाई हुने भनिएको ४ पूर्वमाओवादी नेताहरुको रिट हेर्न नभ्याइएकोमा परेको छ । माओवादीले दल त्याग गरेको भन्दै सांसद पदबाट मुक्त गरेको पूर्वमन्त्रीहरुको मुद्दा हेर्न नभ्याइएकोमा परेको हो ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु अझै माओवादी केन्द्रमै रहेको भन्दै सांसद पदबाट मुक्त गरिएको निर्णयविरुद्ध आदेश जारी गर्न भन्दै रिट दायर गरेका थिए । बुधबार रिट दायर गरिएकोमा आजका लागि पेशी तोकिएको थियो ।

नेकपा विभाजन हुँदा नेकपा एमालेमा प्रवेश गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत बनेका ४ जनाले निर्वाचन आयोगको विवरणलाई उल्लेख गरी आफूहरु माओवादीमै रहेको जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot