
धनकुटा, १४ साउन । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७७ वर्षीय बृद्ध पक्राउ परेका छन् । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रीबास नगरपालिका ३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।