Logo

माधव नेपालका कारण मन्त्रिपरिषद विस्तार रोकियो



काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आज हुने भनिएको मन्त्रिपरिषद्को विस्तार रोकिएको छ । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

नेपालसँग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर भोलि केही नामहरु मन्त्रीका लागि दिने जवाफ दिएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले गैर सांसदहरुलाई मन्त्रीका लागि पठाउने तयारी गरेका छन् । त्यसकै लागि आज मन्त्रिमण्डल विस्तार नगरी भोलि गर्न आग्रह गरेको बुझिएको छ ।

आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट मन्त्री बन्नेको नाम लगभग टुंगिइसकेको थियो । माधव नेपाल सरकारमा नजाने भइसकेका थिए । तर, गठबन्धन जोगाउनका लागि उनले आफूनिकटस्थ गैरसांसदलाई पठाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्