Logo

माधव नेपाल पक्षले २२ सांसदबाहेकबाट मन्त्री पठाउने



काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । तर, नेपालले आफूपक्षीय २२ सांसदबाहेकबाट मन्त्री पठाउने भएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपाल पक्षबाट राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा मन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मिल्न सक्ने बुझिएको छ । देवकोटा एमालेका सांसद होइनन् तर नेपाल निकट हुन् ।

नेपाल पक्षबाट मन्त्री बन्नेहरुमा एमालेसँग आवद्ध रहेर अध्यक्ष केपी शर्मा ओलीबाट कारबाही हुँदा फरक नपर्नेहरु रहने बुझिएको छ । नेपाल पक्षबाट ५ जना मन्त्रीको नाम भोलि पठाउने तयारी भएको छ ।

यसअघि नेपाल पक्ष सरकारमा सहभागी नहुने भएकोमा गठबन्धनमा असर पर्ने देखेर सहभागी हुने तयारी भएको हो । आज माओवादी अध्यक्ष प्रचण्डले नेपाललाई भेटेर यसबारे छलफल गरेका छन् ।
नेपालले भोलि मन्त्रीको नाम पठाउने भएकाले आजलाई मन्त्रिमण्डल विस्तार राकिएको छ ।



प्रतिक्रिया दिनुहोस्