Logo

पिउने पानीमा समस्या धेरै



काठमाडौं, साउन १५ । प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा समस्या देखिएको छ । ले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७र७८ मा अनुुगमन गरी १६५ वटा नमुना सङ्कलन गरेर परीक्षण गरिएकामा १६ वटा प्रशोधित पानीका उद्योगविरुद्ध मुुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले आव २०७७र७८ मा खाद्य ऐन र नियमानुसार न्यून गुणस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा एक सय थान मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६ वटा मुुद्दा दायर गरेको जनाइएको छ ।
विभागका महानिर्देशक उपेन्द्र रायले गत आवमा दर्ता गरिएका धेरै मुुद्दा प्रशोधित पिउने पानीको भएकाले यसको सुधार गर्न विभागको अनुुगमन केन्द्रित भएको जानकारी दिए । उनका अनुसार मुुद्दा दर्ता गरिएका प्रशोधित पिउने पानीका उद्योग अधिकांश उपत्यकाबाहिरका रहेका छन् ।

सो अवधिमा मुुद्दा दर्ता गरिने बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउका सातवटा, मसलाका सातवटा दालमोठ तथा भुजिया र ससका पाँचरपाँचवटा रहेका छन् भने दलहनका चारवटा र मिठाई, दूध, दही, काजु किसमिस, चामल, बियर, खुर्सानीको धुलोजस्ता विभिन्न खाद्य पदार्थका चारवटा रहेको विभागले जनाएको छ ।

विभाग तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०७७र७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार दुुई हजार ८३४ नमुना संलग्न भएकामा सङ्कलित नमुनामध्ये खाद्यान्नरदलहनजन्य ७४७ वटा, तेल तथा घिउजन्य ३८२ वटा, फल तथा सागपातजन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चिया कफीका १२४ वटा, दूध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको परीक्षण गरिएकामा २१९ वटा नमुना गुणस्तरहीन रहेको विभागले जनाएको छ ।

विभागका अनुसार गुुणस्तरहीन नमुनामध्ये विभिन्न खाद्यान्नका ३६ वटा, दानाका ३३ वटा, तेल तथा घिउजन्यका ३० वटा, प्रशोधित पिउने पानीका २७ वटा रहेका छन् । विभागले सो अवधिमा खाद्यरदाना उद्योग, होटल–रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर तत्काल सम्बोधन टोलीमार्फत कारबाहीलगायत जम्मा छ हजार १८९ पटक निरीक्षण अनुगमन गरेको जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot