Logo

‘मन्त्री बन्न मैले मागदाबी गरेको छैन्’ : गुरुङ (भिडिओसहित)



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने स्पष्ट पारेका छन् । उनले गठबन्धनमा सबैको सहमतिकै प्रक्रियामा अघि बढ्नुपर्ने भएकोले मन्त्रिपरिषद विस्तारमा विलम्ब भएको सुनाए । तर,अ ब धेरै समय नलाग्ने उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गठबन्धनमा आवद्ध दलहरुसँग मन्त्रिपरिषद् विस्तारबारे गहन छलफल भैरहेको पनि सुनाए ।

माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन आफूहरुले प्रयास गरेको उनको भनाई छ । कति मन्त्रायल पाउने भन्नेबारे शीर्ष नेताहरुबीच आपसी सहमति हुने उनले सुनाए । पार्टीमा मन्त्री बन्नको लागि आफूलाई दबाब आएको भनेर अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिमा आंशिक सत्यता रहेको उनको भनाई छ । तर, आफूले व्यक्तिगत रुपमा मन्त्री बन्नको लागि माग दाबी नगरेको गुरुङले स्पष्ट पारे ।

उनले भने,‘यो त पार्टी नेतृत्व र कमिटीको आवश्यकत्ताले निर्धारण हुने कुरा हो । व्यक्तिको चाहनाले हुँदैन् । मान्यता स्थापित गर्नुपर्ने कुरा हो । पार्टीको आवश्यकत्ताअनुसार मन्त्री बनाएर पठाउनुपर्छ ।’ उनले आफूहरु सरकारको लागि न्यूनतम साझा कार्यक्रम बनाउन लागिपरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot