Logo

जसपाको संसदीय दलको बैठक सुरु, आज दलको नेता चयन गरिने



काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको जनाईएको छ । निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरिएको छ ।

सुरुमा सर्वसहमतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गर्ने नेताहरुले प्रतिक्रिया दिएका छन् । दलको बैठकमा २१ जना संघीय संसदको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot