Logo

अखिल फोर्सको कार्यक्रममा युवाहरुलाई माधव नेपालले भने–‘घमण्डको बाटोमा नहिँड्नुहोस’



काठमाडौं, १६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै जनतालाई खोप समयमै उपलब्ध गराउन आग्रह गरेका छन् । उनले घोषणा गरेरमात्रै नहुने भन्दै रिजल्ट दिनेगरि काम गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

शनिवार आफ्नो पक्षको अखिल फोर्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इतिहासप्रति गौरव गर्न समेत युवाहरुलाई आग्रह गरेका छन् । त्यस्तै, युवाहरुलाई विनम्र बन्नपनि आग्रह गरेका छन् । उनले घमण्डले रावणको अन्त्य गरेको उल्लेख गर्दै घमण्डको बाटोमा नहिँड्न समेत आग्रह गरे । उनले भने,‘राम्रोबाट सिक्नुपर्छ । आत्मविश्वासयुक्त हुनुहोस् । महान सपनाबाट प्रेरिरत हुनुहोस ।’ उनले सत्य र आदर्शलाई जहिल्यैपनि आत्मसात् गर्नपनि आग्रह गरे file photo



प्रतिक्रिया दिनुहोस्