Logo

राजतन्त्र फेरि फर्केर आउने छैन: नेपाल



काठमाडौँ, १६ साउन। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्केर नआउने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिए ।

उनले भने ‘जनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् । राजतन्त्र फेरि फर्केर आउने छैन । फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् । देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन’ ।



प्रतिक्रिया दिनुहोस्