काठमाडौँ, १६ साउन: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । उनले यी सबै आफ्ना छिमेकी मात्रै नभएर धेरैका कुरामा समानता रहेको समेत उल्लेख गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’
भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है।
हम सभी सुख-दुख के साथी हैं।
जब भी कोई आपदा आती है, विपत्ति आती है, तो सबसे पहले हम ही एक दूसरे की मदद करते हैं: PM @narendramodi
— PMO India (@PMOIndia) July 31, 2021
–Photo: Agency