Logo

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घट्नाको विरोधमा विप्लव नेतृत्वको नेकपाद्धारा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘सीमा क्षेत्रका नागरिकहरुको सुरक्षाको ग्यारेन्टी गर’, ‘नेपालीमाथिको हत्या हिंसा बन्द गर’,’१९५० को लगायत असमान सन्धि सम्झौता खारेज गर’,’भारतीय एसएसबीको ज्यादती बन्द गर’ लगायतका नारा लगाएका थिए ।

एसएसबीबाट भएको अमानवीय घटनाको भर्त्सना गर्दै प्रदर्शन गरेको हो । ¥यालीसहितको प्रदर्शन शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। शुक्रबार विहान तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot