![](https://reportersnepal.com/wp-content/uploads/2021/08/jiah-khan-1613782808-768x432.jpg)
एजेन्सी, १७ साउन । बलिउड अभिनेत्री जिया खानको निधन भएको ८ वर्ष पुगेको छ । २०१३ मे ३ मा जिया आफ्नै घरमा मृत फेला परेकी थिइन् । जियाको आमाले छोरीलाई न्याय दिलाउनको लागि लामो समयदेखि अदालतमा लडाई लडिरेहकी छिन् । अब जियाको मुद्दाको सुनुवाई सीबीआईको विशेष अदालतले गर्ने भएको छ ।
सत्र अदालतमा जिया खानको प्रेमि तथा मुद्दाका आरोपी सुरज पंचलीमाथि अभिनेत्रीलाई आत्महत्याको लागि उकासेको मुद्दा चलिरहेको छ । सो मुद्दा अब सीबीआईको एक विशेष अदालतमा स्थान्तरण हुने भएको छ ।
जिया खानको शव उनकै जुहुस्थित घरमा झण्डिएको अवस्थामा फेला परेको थियो । उनको निधनपछि आमाले छोरीको आत्महत्या नभएर हत्या भएको भन्दै प्रेमी सुरज पंचोलीमाथि आरोप लगाउदै आएकी छिन् ।