Logo

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



झापा, १७ साउन । तास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका ५ बस्ने ३२ वर्षीय पदम लिम्बुको सोही नगरपालिका ८ स्थित पेरुङगो होटेलमा तास खेलिरहेको अवस्थामा पदम सहित ६ जना पक्राउ परेका हुन् ।

उक्त होटेलमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot