Logo

अध्यक्ष ओलीको अभिव्यक्तिका कारण मिल्ने सम्भावना नभएको माधव नेपालको ‘ब्रिफिङ’



काठमाडौं, १७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओली गम्भीर नभएको विश्लेषण गरेका छन् । पछिल्लो समय पार्टी एकताको लागि आफू गम्भीर बनेपनि अध्यक्ष ओली भने एकताविरोधी अभिव्यक्ति दिन व्यस्त रहेको उनको भनाई बुझाई छ । आफूनिकट नेताहरुसँग उनले ओलीले आफूबारे हिजो दिएको अभिव्यक्तिमा पनि चित्त दुखाएका छन् ।

हिजो एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले माधव नेपाललाई अब एमालेमा कुनै स्थान नभएको टिप्पणी गरेका थिए । त्यतिमात्रै होईन, ओलीले नेता नेपाललाई देशद्रोहीको समेत संज्ञा दिएका थिए । ओलीको सम्बोधन मिडियामा छाईसकेकेको अवस्थामा आफ्नो समूहको अखिल फोर्सले आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले भने ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएनन् ।

उनले ओलीले देशद्रोही भन्दापनि कुनै जवाफ फर्काएका थिएनन् । बरु, साँझ आफूनिकट नेताहरुसँग उनले ओलीकै कारण एकता सम्भव नभएको धारणा राखेका थिए । आज विहान पनि नेता नेपाललाई भेट्न उनीनिकट नेताहरु सोमप्रसाद पाण्डेलगायत नेपाल निवास पुगेका थिए । तर, नेता नेपालले अब ओलीसँग मिल्ने सम्भावना न्युन बन्दै गएको र यसमा ओली नै बढि जिम्मेवारी रहेको धारणा राखेका थिए । अहिले तीन बजेबाट बस्ने बैठकमा समेत नेपाल पक्ष सहभागी नहुने भएको छ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot