Logo

माधव नेपाल खेमाबाट सांसद भएकाहरु रोकिने, क कस्को भाग्योदय ?



काठमाडौं, १७ साउन । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु सरकारमा सहभागी हुन सम्भावना टरेको छ । नेपाल समूहबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदमध्ये अधिकांश मन्त्रीको आकांक्षी रहेपनि उनीहरु रोकिने निश्चित भएको छ ।

नेता नेपालले सांसद पद जोगाउनका लागि भएपनि सांसदहरुलाई मन्त्रीका लागि नपठाउने रणनीति बनाएका छन् । उनले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सांसद मध्येबाट नपठाउने जवाफ दिएका छन् । प्रचण्डले पार्टी बैठकमा यही ब्रिफिङ गरेका थिए ।

नेपाललाई पर्खेर बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । तर, नेपाल समूहबाट सुर्य चिन्हबाट निर्वाचित सांसद मन्त्री नबनाइने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार व्यक्तिगत रुपमा केही मन्त्री बन्नेछन् । उनीहरुको नेपालसँग नजिक रहेकाहरु नै भएको बुझिएको छ । कलम चिन्हबाट निर्वाचित राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा पनि मन्त्री बन्ने सम्भावित छन् । उनी नेपालका विश्वासपात्र हुन् ।

यसैगरी, नेपाललाई लामो समययता साथ दिदै आएका केही स्वतन्त्र मानिनेहरु पनि मन्त्री बन्ने भाग्यमानीमा पर्नसक्ने बुझिएको छ ।

संविधान अनुसार सांसद नभएको र प्रतिनिधि सभामा पराजित नभएको योग्य व्यक्ति ६ महिनाका लागि मन्त्री बन्न पाउनेछन् । तर, ६ महिनाभित्र सांसद सदस्य भइसक्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot