Logo

इटालीका ज्याकबलाई १०० मिटर दौडको स्वर्ण



एजेन्सी, १७ साउन । टोकियो ओलम्पिकको १०० मिटर दौडको स्वर्ण पदक इटालीका ज्याकबल जितेका छन् । आज भएको प्रतिष्पर्धामा ज्याकबले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गरेका थिए ।

अमेरिकाका फ्रेड केरली र क्यानडाका आन्ड्री डी ग्रासेले काँस्य जितेका छन् । नाटकीय फाइनलमा बेलायतका झर्नेल हुग्स अयोग्य घोषित भएका थिए । नाइजेरियाका इनोक आडिगोकेले दौड पूरा गरेनन् ।

चीनका सुन बिङटानल यसअघिको सेमिफाइनलको जत्तिकै गतिमा दौडन सकेनन् । यद्यपि, १०० मिटर दौडको फाइनलमा पुग्ने पहिलो एशियाली खेलाडी बन्न सफल भए ।

ट्रिपल जम्पको महिलातर्फ भेनेजुएलाकी युलिमार रोजासले विश्व किर्तिमान बनाएकी छिन् । उनले १५.६७ मिटर जम्प गरेकी थिइन् ।

हाइजम्पमा कतारका मुताज इसा बरसिम र इटालीका गियानमार्को टामबेरी दुवैले २.३७ मिटर नाघेर स्वर्ण जिते ।



प्रतिक्रिया दिनुहोस्

Screenshot