Logo

ओलीलाई वचन दिँदा भीम रावल अप्ठ्यारोमा, अहिले माधव नेपालसँग रस्साकस्सी



काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक अहिले तीन बजे सुरु हुँदैछ। तर, बैठकमा सहभागी हुनेबारे माधव नेपाल पक्ष अन्यौलमै छ । नेपाल समूहका नेता भीम रावलले आज विहान अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनले उक्त भेटमा आजको बैठकमा माधव नेपालसहित आफूहरु उपस्थित् हुने वचन दिएका थिए ।

तर, अहिलेसम्म नेता नेपाल भने बैठकमा सहभागी नहुने अडानमा छन् । स्रोतकाअनुसार नेता नेपाल र रावलबीच बैठकमा सहभागी हुने वा नहुनेबारे रस्साकस्सी चलिरहेको छ । रावलले जसरीपनि बैठकमा सहभागी हुनुपर्ने अडान लिएका छन् । तर, नेता नेपालले भने कुनैपनि हालतमा यथास्थितिमा बैठकमा सहभागी हुन नसक्ने अडान लिएका छन् ।

अहिले नेपाल पक्षबाट बैठकमा सहभागी हुनुपर्छ भन्नेहरुको बहुमत पुगेको बुझिएको छ । तर, नेपाल भने आफू एक्लै भएपनि अडानबाट पछि नहट्ने धारणा राखेका छन् । अध्यक्ष ओलीले आजको बैठक निर्णायक हुने बताईसकेका छन् । आजपनि नेपाल पक्ष नआए अब पखर्न नसकिने बताईसकेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot