Logo

टोकियो ओलम्पिकः ११औं दिन २६ स्वर्णको छिनोफानो



एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज जिम्न्यास्टिक, एथलेटिक्स, बक्सिङ, साइक्लिङ, भारत्तोलन, कुस्तीलगायतका खेलहरुमा स्वर्णको छिनोफानो हुँदैछ ।

४०० मिटर बाधा दौडमा नर्वेका कारस्टेन वारहल्मले विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितेका छन् । हकीमा भारतको महिला टोली बेल्जियमसँग पराजित भएको छ ।

पदक तालिकामा चीन २९ स्वर्णका साथ पहिलो स्थानमा छ । अमेरिका २२ स्वर्णका साथ दोस्रो र जापान १७ स्वर्णका साथ तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्