Logo

नेपालले आफूपक्षीय नेताहरुलाई सोधेः त्यतिबेला तपाईहरुले मेरो कदमलाई साथ दिने कि नदिने ?



काठमाडौं, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता हुने भएको छ । आज हुने भनिएके भेटवार्ताले एमाले विवाद वार कि पारमा पुर्याउने विश्वास गरिएको छ ।

नेता नेपाल ओलीसँग भेट्न इच्छुक नदेखिएपनि दोस्रो तहका नेताहरुको दबाबपछि तयार भएका हुन् । विश्वस्त स्रोतका अनुसार सोमबार आफूपक्षीय स्थायी कमिटी सदस्यसँगको छलफलपछि नेपाल भेटका लागि तयार भएका हुन् ।

हिजोको बैठकमा नेता नेपालले आफू भेटका लागि तयार भएको तर ओली सहमतिका लागि तयार नभए के गर्ने भनी प्रश्न गरेका थिए । उनले स्थायी कमिटीका आफू पक्षीय नेताहरुलाई हदैसम्म लचिलो भई सहमतिका लागि कुरा गर्दा पनि ओली सहमत नभएको अवस्थामा विकल्पबारे समेत कुरा गरेका थिए । ‘त्यतिबेला तपाईंहरु मेरो कदमका पक्षमा आउने कि नआउने ?’ नेपालको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

नेपाल निकट नेताहरुले ओली एकताका लागि प्रस्ताव मान्न तयार नभए नेपाललाई साथ दिन तयार भएको जवाफ दिएका थिए । त्यसपछि सहमतिका लागि बटमलाइन तयार गरी भेटका लागि सहमत भएका हुन् ।

एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताका लागि ओली र नेपाल दुवैलाई दबाब दिदै आएका छन् । उनीहरुको दबाबले ओली र नेपालको भेटवार्ता निश्चित भएको हो । अब यो भेटवार्ताले एमालेको वार कि पार टुंगो लाग्ने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्