Logo

आज अपी पावर सहित यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १९ साउन । नेप्से आज उच्च अंकले बढेको छ । आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै आज अपी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज ४६ करोड ८२ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, ङादी ग्रूप पावर कम्पनीको आज ४३ करोड ३२ लाख बढीको कारोबार भएको छ ।

यसैगरी, आज फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३३ करोड ८६ लाख, स्वाबलम्बन लघुवित्तको ३० करोड ४ लाख, निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख, छिमेक लघुवित्तको २३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot