Logo

काठमाडौंमा आज थपिए १२ सय संक्रमित



काठमाडौँ, २० साउन । आज देशभर ४१ सय ७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १२ सय ८९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ संक्रमित थपिएका हुन् । केही दिन यता नेपालमा फेरी कोरोना संक्रमणदर बढ्दै आएको छ । आज कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ६ हजार २ सय ४ पुगेको छ ।

आज १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको परीक्षणमा २९७५ जना पीसीआर र एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्