Logo

महन्थ ठाकुर जसपाभित्रै संघर्षको रणनीतिमा



काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले तत्काल नयाँ दल दर्ता नगर्ने भएका छन् । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव नेतृत्वको कमिटीले पाएपछि धक्का खाएका ठाकुर तत्काल पार्टी विभाजनमा नजाने भएका हुन् ।

ठाकुरले पर्ख र हेरको रणनीति अपनाएर कुर्ने भएका छन् । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी निर्णयमा अन्तरिम आदेश जारी नगरेपछि ठाकुर निराश भएका छन् । तर, उनले धैर्य नगुमाउने बुझिएको छ ।

जसपामा कार्यकारिणीतर्फको निर्णय अधिकार उपेन्द्र यादवमै गएको छ । संसदीय दलको नेता पनि उनी नै चयन भएका छन् । तर, परिस्थिति बदलिने आँकलनका साथ ठाकुर पार्टी छाडिहाल्ने पक्षमा नभएको बुझिएको छ ।

संसदीय दलमा ठाकुर पक्षमा १० भन्दा बढी सांसद छन् । उपेन्द्र यादवसँग २२ को हाराहारीमा सांसद छन् । तर, सरकार निर्माणका क्रममा हुनसक्ने असन्तुष्टि र गुट बदलको घटनालाई ठाकुरले कुरेर बस्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्