Logo

वलीको दल फेरबदल सिलसिला जारी



बुटवल, साउन २१ । लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ ।

मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन भएकी थिईन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिएलगत्तै आफू एमालेमा फर्केको भन्दै विज्ञप्ति आयो ।

तर, उनी बुधबार बिहान फेरि माओवादी केन्द्रमा फर्किएकी छन् । उनी बुधबार बिहान प्रदेश सभा सचिवालयसँगै रहेको माओवादी संसदीय दलको कार्यालयमा आएर नेताहरूसँग छलफल र कुराकानी गरेकी थिईन् । त्यसअघि पार्टीको संसदीय दलको बैठकमा उपस्थित हुन माओवादी केन्द्रले सम्पर्क गर्दा विमलासँग सम्पर्क हुन सकेको थिएन ।

पार्टीले निरन्तर सम्पर्क गर्दा सम्पर्कमा नआएपछि उनी एमाले प्रवेश गरेको आशंका माओवादी नेताले समेत गरेका थिए । नभन्दै वलीको हस्ताक्षरमा आफू एमालेमै रहेको प्रेस विज्ञप्ति आएपछि माओवादी केन्द्रले विमलालाई मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर जबरजस्ती विज्ञप्ति बाहिर ल्याइएको आरोप लगाएको थियो ।

माओवादी केन्द्रले लगाएको आरोपको खण्डन गर्न खोजे पनि सफल हुन सकेनन् । लुम्बिनीमा सत्ता राजनीतिका लागि सांसदहरू सम्पर्कविहीन हुने क्रम बढेको छ । सत्ता टिकाउन सत्तासीन दल र विपक्षी सत्ता हुत्याउन अनधिकृत काममा लागेको एकले अर्कोेलाई लगाएको आरोपले पुष्टि गर्छ । यमलाल भुसालले आजको नेपाल समाचारपत्र दैनिकमा खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्