Logo

उपचार व्यवस्थापनमा के गर्दैछ सरकार?



काठमाडौं, साउन २२ । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड संख्या तीन हजार पु-याईएको छ । यस्तै, ६ सय ३० आइसीयु बेड थप गर्ने प्रकृयामा स्वास्थ्य मन्त्रालय रहेको छ । हाल आइसीयु बेड संख्या दुइ हजार ६ सय रहेको छ ।

यस्तै, देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पु(याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए ।

सरकारी अस्पतालहरुमा हाइ डीपेन्डेन्सी युनिट (एचडीयु) बेड संख्या दुइ हजार ७५ र नीजिमा सात सय ७८ थप गरी दुइ हजार आठ सय ५३ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले एक हजार चार सय हाइडीपेन्डेन्सी युनिट वेड थप गर्ने प्रकृयामा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार बालबालीकाहरुका लागि एक सय ८० भेन्टिलेटरसहितको दुइ सय ७५ आइसीयु बेड थप्ने कार्य भइरहेको छ ।

कोभिड १९ लाई मध्येनजर गर्दै अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिण्डर थप भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।पौडेलले भने, ‘पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप तीन हजार पाँच सय आउने क्रममा रहेका छन् ।’

विगतमा प्रति हप्ता १५ मेट्रिटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल एक सय २० मेट्रिकटन आपूर्ति भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै जिल्ला र १९ वटा ठुला अस्पतालहरुमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोतको सुनिश्चितता गरिएको भन्दै भदौभित्र सम्पन्न गर्ने योजना रहेको छ ।

देशभर एक हजार आठ सय स्थानमा खुला सिमा रहेका छन् । उत्तरतर्फ चीनको रसुवा गढी र तातोपानी नाका, दक्षिणमा भारतसंग जोडिएका पशुपति नगर इलामदेखि दार्चुलाको पुलघाटसम्म गरी १३ वटा तोकिएका प्रवेश विन्दुमा हेल्थ डेस्क स्थापना गरीएका छन् । प्रशान्त वलीले आजको राजधानी दैनिकमा खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्