Logo

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज हुँदै



काठमाडौं, २१ साउन । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज १५ औं वार्षिक साधारण सभा हुँदैछ ।काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरीमा सभा हुने भएको हो ।

कम्पनीको आज हुने सभाले प्रस्तावित १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गर्ने, गत आर्थिक वर्ष ०७६/७६ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्ने जनाइएको छ ।

१ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ हाल चुक्तापुँजी रहेको यस कम्पनीले यो वर्ष १० दशमलव ५३ प्रतिशत बोनस लाभांश प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गरेको गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्