Logo

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार



काठमाडौं, २१ साउन । बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउदै आएको सनराइज बैंकले थप ३ वटा शाखा विस्तार गरेको छ ।

बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका–१४, बयलकाँडामा, कैलाली जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटा र टिकापुर नगरपालिका वडा–८ धनसिंहपुरमा गरि थप ३ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको जनाएको छ । शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्