Logo

दार्चुला घट्नाबारे के भन्छन् जनप्रतिनिधिहरु ? पत्रकार धमलासँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, २१ साउन । भारतीय एसएसबीले दार्चुलाको महाकाली नदीमा हालिएको तुईनको तार काटिदिएपछि बेपत्ता भएका भनिएका जयसिंह धामीको न्यायको लागि सरकारले आवश्यक पहलकदमी चाल्नुपर्ने स्थानीयहरुले बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै करबीर बहादुर कार्की, पुलेन्द्र बहादुर कार्की र दिलिपसिंह बुढाथोकीले उक्त घट्नाको विषयलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेको र उक्त घट्नाको विषयमा गम्भीर ढंगले छानबिन होस भनेर माग गरेको जानकारी दिए । घट्ना गराउने पक्षबाट यथोचित क्षतिपूर्ति पाउनुपर्ने उनीहरुको माग छ । सूचना र प्रत्यक्षदर्शीका आधारमा उक्त घट्ना शंकास्पद रहेको भन्ने कुरा आएको पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्