Logo

पूर्वमन्त्री गुरुङलगायतको पहलमा मनाङका चार गाउँपालिकाका १५ सय ३५ घरधुरीलाई राहत सामाग्री प्रदान (फोटोफिचर)



काठमाडौं, २१ साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री टेबहादुर गुरुङको अगुवाईमा मनाङका विभिन्न चारवटा गाउँपालिकाका बाढि/प्रभावित १५ सय ३५ धरधुरीलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको छ । हालै आएको बाढि/पहिरोका कारण प्रभावित परिवारका लागि गुरुङ, प्रतिनिधिसभा सदस्य कर्मा घले र गण्डकी प्रदेशका सांसद चिन्ताबहादुर घलेले निजी खर्चमा राहत सामाग्री वितरण गरेका हुन् ।

उनीहरुले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामाग्री बाढि/पहिरो प्रभावित गाउँपालिकामा पुर्याएका हुन् । पूर्वमन्त्री गुरुङका अनुसार अहिलेसम्म हेलिकप्टरमार्फत ७ टिप सामाग्री मनाङ पुर्याईसकिएको छ । र, अबको तीन/चार दिनभित्र बाँकी सामाग्री पनि पुर्याईने उनले विश्वास दिलाए ।

नार्पाभूमी गाउँपालिका, चामे गाउँपालिका, नासोङ गाउँपालिका र मनाङ ड्स्यिाङ गाउँपालिकाका १५ सय ३५ घरधुरीलाई २५०० सय लागत बराबरको चामल, दाललगायतका खाद्यान्न वितरण गरिएको हो । गुरुङका अनुसार उक्त राहत सामाग्रीको लागि ३२ लाख खर्च गरिएको छ । मनाङको हरेक दुःख सुखमा पूर्वमन्त्री गुरुङले साथ दिँदै आएका छन् । प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुलाई यसअघि पनि उनले सहयोग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot