Logo

लुम्बिनी प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्री पोखरेलको पद धरापमा



काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेश सभा बैठक २७ साउनमा बस्ने गरी डाकिएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले बैठक आव्हान गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने गरी गठबन्धनले प्रदेश सभा बोलाउन निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले पछिल्लो निर्णय लिएका हुन् । पोखरेललाई हटाएर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धन अगाडि बढेका छन् ।

आजै प्रदेश सभा सांसद विमला वली खत्रीले एमालेमा नभई माओवादी केन्द्रमा रहेको भन्दै विज्ञप्ति जारी गरेकी छिन् । उनी माओवादी केन्द्रमा रहे पोखरेलविरुद्ध बहुमत पुग्नेछ । प्रदेश सभाका ८० सांसदमध्ये गठबन्धनमा ४१ पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot