दार्चुला, साउन २२ । जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले उनीहरुको गाउँ पुर्याएको छ।
यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याएको हो। खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो। बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाईएको छ ।
बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएन। प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो। प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो। दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको छ ।
उनीहरुको सुरक्षाको लागि भन्दै दुई जना प्रहरीसमेत साथै लगाएर नेपालको बाटो हुँदै उनीहरुलाई गाउँ पु¥याईएको छ ।