काठमाडौं, २२ साउन । उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्री नियुक्त भएपछि कोरोना भाइरसविरुद्धको पर्याप्त खोप ल्याउन सक्रिय भएका छन् । उनको सक्रियतामा यसै वर्षभित्र सबै नागरिकले खोप पाउने गरी काम भइसकेको छ ।
श्रेष्ठ एक्सनमा जाने स्वभावका भएकाले उनले खोपको तत्काल व्यवस्था गर्न पहल गरे । खोप ल्याउने अर्जुनदृष्टि लगाएर काम गरेकाले धमाधम खोप आउन थालेको छ । भोलि र पर्सि जापानबाट ८ लाख डोज अक्सफोर्ड एस्ट्रेजेनेकाको खोप आउने भएको छ । ३ लाख डोज खोप भुटानबाट आउने भएको छ । पहिलो मात्राको अक्सफोर्ड खोप लगाएर दोस्रो मात्राको नपाएकाहरुले यसबाट ठूलो राहत पाउने भएका छन् ।
चीनबाट धमाधम खोप खाइरहेको छ । अमेरिकाबाट पनि खोप आइसकेको छ । अब भारतबाट पनि खोप आउने सुनिश्चित भइसकेको छ ।
विभिन्न देशका खोप निर्माताहरुबाट खोप भित्रने सुनिश्चित भएको छ । यसरी ५ करोड डोजभन्दा बढी खोप आउने भएको छ । श्रेष्ठ अहोरात्र खटिएर यस्तो परिस्थिति तयार गरेका हुन् । अब कुनै पनि नागरिक खोप लगाउन नपाउने अवस्था बाँकी नरहने भएको छ ।