Logo

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु, ओली नरोकिने



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिनपनि सुरु भएको छ । हिजोदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकताबारे आफ्नो धारणा राखेका छन् ।

हिजो २२ जना केन्द्रीय सदस्यहरुले बोलेका थिए । काठमाडौंको बुद्धनगरस्थित् क्वालिटी बैंक्वेटमा जारी बैठकले पार्टी गर्ने कि विभाजनमा जाने भन्नेबारे महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

हिजो बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरुले ईमानदारिताको साथ पार्टी एकताको लागि पहल गरेको भएपनि अध्यक्ष केपी शर्मा ओलीले भने जालसाँझी गरेको र धोकाधडीको राजनीति गरेको गुनासो पोखेका थिए । कतिपय नेताहरुले भने अहिलेको अवस्थामा ओलीसँग मिल्नु भनेको आत्मसमर्पण गर्नुसरह भएको भन्दै समान अधिकारसहित सम्माजनक एकता गर्नुपर्नेमा जोड दिएका थिए ।

नेता नेपाल पक्षले पार्टीको संस्थापन पक्षलाई नविकरण रोक्न र विधान महाधिवेशन पनि रोक्न आग्रह गरेको छ । तर, अध्यक्ष ओलीले भने कुनैपनि हालतमा विधान अधिवेशन नरोकिने भन्दै त्यसको लागि अहिले आन्तरिक परामर्श अघि बढाएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot