Logo

सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री देउवालाई बुझायो साझा न्यूनतम कार्यक्रम



काठमाडौं, २२ साउन । सत्ता गठबन्धनको कार्यदलले सरकारको लागि तयार पारेको साझा न्यूनतम कार्यक्रम तयार पारेर प्रधानामन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । आज विहान कार्यदलका सदस्यहरुले प्रधानमन्त्री देउवासहित गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएका हुन् । यसअघिको सरकारले भत्काएका कुरालाई यो सरकारले ट्रयाकमा ल्याउने कुरा उल्लेख गरिएको छ ।

सरकारका सञ्चालनदेखि मधेशको मुद्दा सम्बोधन गर्ने कुरासमेत प्रतिवेदनमा उल्लेख गरिएको कार्यदलमा आवद्ध एक सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । प्रतिवेदनमा संविधान संशोधन, नागरिकताको समस्या समाधान, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने, झुठा मुद्दा फिर्ता लिने, समानुपातिक समावेशी लगायतका विषय रहेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot