Logo

मन्त्री छान्न माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा मन्त्री छान्नेबारे निर्णय लिईने नेताहरुले जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नको लागि ढिलाई भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाम मागेपछि आज दाहालले स्थायी कमिटी बैठक राखेका हुन् ।

त्यस्तै, आजमात्रै सत्ता गठबन्धनको कार्यदलले सरकारको लागि तयार पारेको साझा न्यूनतम कार्यक्रमको बारेमा पनि छलफल गरिने ती नेताले जनाए । माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेर को जाने भन्ने विवाद छ । अहिले पार्टीबाट सरकारमा नेतृत्व गरेर जानुपर्ने भन्दै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरेको समाचार छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot