Logo

राज कुन्द्रामाथि प्राइभेट पार्ट्सको कपटपुर्वक भिडियो अपलोड गरेको अभिनेत्रीको आरोप



एजेन्सी, २२ साउन । शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रालाई गत महिना मुम्बई अपराध महाशाखाले आफ्नो एपमा अश्लील सामग्री बनाएको र प्रसारण गरेको आरोपमा पक्राउ गरेको थियो। राज कुन्द्रामाथि अश्लिल भिडियो केसको अनुसन्धान अगाडि बढिरहदाँ धेरै अभिनेत्रीहरु र मोडेलहरुले आश्चर्य लाग्दो  आरोपहरु लगाउदै आएका छन् ।

राज कुन्द्रा कथित मामिलामा मुख्य योजनाकार मध्ये एक भएको प्रहरीले दावी गर्दै आएको छ । वेब सीरीजमा भूमिका दिने बहानामा महिलाहरुलाई अश्लील फिल्महरुको दलदलमा धकेलिएको कुन्द्रामाथि आरोप लगाइएको छ । धेरै मोडल र अभिनेत्रीहरु यो आरोपको पुष्टि गरिरहेका छन् ।

अब मुम्बई प्रहरीको अपराध महाशाखाले वयस्क फिल्मको केसमा अर्को पीडितको बयान रेकर्ड गरेको छ। टाइम्स नाउको रिपोर्ट अनुसार, पीडित महिलाले मालवनी प्रहरी कार्यलयमा एक मुद्दा दर्ता गर्दै उनले प्राइवेट पार्ट्स नदेखाउने शर्तमा केवल अन्तरंग दृश्यको लागी शुटिंग गरेको बताएकी छिन् ।

तर, उनले साथीमार्फत पुरै भिडियो केहि दिनको लागी ऐपमा उपलब्ध भएको जानकारी पाएको बताइन् । उनले भिडियो नकाटी सम्पुर्ण अपलोड गरिएको पत्ता लगाएकी हुन् । उनको निजी भागहरु पनि भिडियोमा देखाइएको थियो। पीडितले भनिन्, ‘ एउटा सम्झौतामा हस्ताक्षर गरेकी थिए, र शूटिंगका लागि केहि हजार रुपैयाँ पनि प्राप्त गरेकी थिए ।’

यसअघि पूनम पाण्डेले पनि राज कुन्द्रा र उनका सहयोगीहरुले धोका दिएको, उनको फोन नम्बर लीक गरेको आरोप लगाएकी थिइन् । द टाइम्स अफ इन्डिया संग कुराकानीको क्रममा उनले भनिन्, “जब मैले उनीहरु संग एक सम्झौतापत्रमा हस्ताक्षर गरे, जो एक महिना सम्म चलेको थियो, यो स्पष्ट भयो कि उनीहरु ठगी र अत्यन्तै अव्यवसायिक थिए। मैले तुरुन्तै मेरो अनुबंध समाप्त गरेको छु। यी मानिसहरुसंग पेशेवर सहयोग मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो। उनीहरु ठग हुन्। मेरो जिन्दगी खुल्ला किताब बनेको छ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot