Logo

पेस्तोल र भरुवा बन्दुक सहित १ जना पक्राउ



बाँके, २२ साउन । कटुवा पेस्तोल र भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ६ दोन्द्रागाँउबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रा सहित सोही ठाउँ बस्ने ५० वर्षीय छोटेलाल राढलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हातहतियारको बिक्री भइरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरीले उनको साथबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot